हेटौंडा अस्पतालमा उपचाररत थप २ जना संक्रमितको मृत्यु

हेटौंडा – हेटौंडा अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं.७ का ४० वर्षीय पुरुष र हेटौंडा उपमहानगरपालिका वडा नं. ४ की ३७ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।

संविधानको दिगो सम्वद्र्धनका लागि आफ्नो उम्मेदवारी: गृहमन्त्री थापा

मकवानपुर – नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा  ‘बादल’ले संविधानको दिगो सम्वद्र्धन तथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशनबमोजिम आफूले राष्ट्रियसभाको रिक्त सदस्य पदमा उम्मेदवारी दर्ता गराएको बताएका छन् । आफ्नो उम्मेदवारी दर्ता गराएर काठमाडौँ फर्कने क्रममा आज स्थानीय सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त कुराकानीमा उनले एमालेको सङ्गठनलाई अनुशासित र मर्यादित तुल्याउँदै कार्यकर्ताले नेतामुखी नभई जनतामुखी...

भुर्तेल आइसिसीको महिनाको उत्कृष्ट खेलाडीका मनोनयनमा

काठमाडौँ – नेपाली युवा क्रिकेट खेलाडी कुशल भुर्तेल अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को महिनाको उत्कृष्ट खेलाडीको पुरस्कारका लागि मनोनयनमा परेका छन् । आइसिसीले अप्रिलको उत्कृष्ट खेलाडीका लागि उनलाई मनोनयन गरेको हो । पहिलो पटक नेपाली क्रिकेट खेलाडी सो पुरस्कारको मनोनयनमा परेका हुन् । भुर्तेलसँगै पाकिस्तानका फखर जमान र बाबर आजमलाई सो पुरस्कारका लागि मनोनयन गरिएको आइसिसीले...

संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं – वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको ८४ वर्षका उमेरमा आज निधन भएको छ । छातीमा समस्या देखिएपछि वसुन्धरास्थित न्युरो अस्पताल काठमाडौँमा उपचाररत प्रधानको निधन भएको हो । पुख्र्यौली घर सिन्धुपाल्चोकको चौतारा भए पनि उहाँको जन्म काठमाडौंँको नःघलमा भएको थियो । पिता रत्नध्वज र माता प्राणदेवीका कोखबाट विसं १९९४ मा जन्मनुभएका प्रधानले २००९ सालमा...