अन्तर्वार्ता

भीमफेदीको विकास आयोजनामा राजनीतिकरण सबैभन्दा ठूलो चुनौति

प्रहर संवाददाता
प्रहर संवाददाता
८ असार २०७६, आईतवार ११:४२

स्थानीय निकायको निर्वाचनताका गाउँ–गाउँमा सिंहदरबार आउने, जनताको काम गाउँगाउँबाटै हुने भन्ने खुबै चर्चा भयो ।

साच्चै जनप्रतिनिधिहरु आएपछि गाउँगाउँमा जनताको लागि सेवा प्रवाह गर्न कत्तिको सफल भएका छन् त स्थानीय निकायहरु ?

मकवानपुरको भिमफेदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुवँरसँग सरिता दाहालले गरेको कुराकानी ।

गाउँपालिका हाक्दै गर्दा के कस्ता चुनौतिहरु खेपिरहनु भएको छ ?

चुनौति भन्दा पनि हामी अवसरको रुपमा सकरात्मक सोच लिएर काम गरिरहेका छौ । वर्षौपछि आउनुभएका जनप्रतिनिधिहरुले हामीलाई काममा सहजता थपिदिनु भएको छ ।

भिमफेदी गाउँपालिकाको हकमा भन्नुपर्दा यहाँको भौगोलिक अवस्थाको कारण केही कठनायिहरु अवश्य पनि छन् तर ति विकटताको अफ्ठाराहरुलाई हामीले सामूहिक प्रयास र सहकार्यमा चिर्न सकेका छौ । भिमफेदी गाउँपालिका विशेषगरी ९ वटा वडाहरुमा विभिजित वडा हो ।

केही वडाहरु धेरै विकट र केही सुगम वडाहरु छन् । सबै क्षेत्रमा समान विकास निर्माणको रफ्तारलाई लैजान केही समस्या छ । यस्ता प्राविधिक समस्याहरुलाई हामीले टिमवर्क कै रुपमा गरिने कामले चिर्दै आएका छौ । व्यक्तिगत रुपमा भन्नुपर्दा कामको राम्रो अवसरको रुपमा लिएको छु मैले ।

समायोजनको कारण धेरैजसो पालिकाहरुमा कर्मचारी नै नहुँदा समस्या भयो भन्ने गुनासाहरु आउने गर्छन्, यो पालिकामा चाँही के छ अवस्था ?

हामीकहाँ कर्मचारीको अभाव पनि छ । नयाँ नयाँ जनशक्तिहरु प्राप्त भएको छ, अलिकति अनुभवको अभावको कारण कार्य दक्षता, छिटो छरीतो रुपमा काम गर्न चाँही समस्या भएकै छ ।

यो समस्या विस्तारै हल हुँदै जाला भन्ने रुपमा हामीले लिएका छौ । कृषि, भेटेनरी, इन्जिनियरिड्ड, शिक्षा, स्वास्थ जस्ता क्षेत्रहरुमा प्रक्रियागत ज्ञानको कमि भएको कारण केही समस्या र ढीलाईहरु छन् । विषयगत शाखाका कामहरु समयमै जनशक्ति नआएको कारण अलि ढिलाई भएको छ ।

स्थानीय तहमा आयोजनाहरु कार्यन्वन गर्ने क्रममा कत्तिको राजनीतिकरण भएको पाउनु भयो ?

यो एक दमै छ । सबैभन्दा ठूलो चुनौतिको रुपमा यहि नै छ । आयोजना सम्पन्न गर्ने क्रममा विभिन्न राजनीतिक दल तथा व्यक्तिहरुले आफ्नो अनुकुल हुनेगरी आयोजना माथि राजनीतिकरण गर्ने गर्नाले पनि समस्या हुने गरेको छ ।

आफूले गर्दा भएको विकास भनेर देखाउन खोज्दा कार्यान्वयनको क्रममा ठूलो समस्या हुन्छ । आयोजना सम्पन्न गर्दा हामी विधिसम्मत तरिकाले आयोेजना कार्यान्वयनमा जानुपर्ने हुन्छ ।

आयोजना सम्पन्न गर्दा स्थानीय उपभोक्ता समितिसंग हुनु पर्ने निर्णय, कार्यप्रक्रियाहरु नियमसम्मत रुपमा लैजानै समस्या हुने गरेको छ । आफ्नो कारण आयोजनाहरु पूर्ण भएका भन्ने पार्नकै लागि पनि बाह्यतत्वहरु खेल्न आउँछन् त्यसले समस्यामा पर्ने गर्छ ।

हामी विधिभन्दा बाहिर जान नसक्ने, बाह्यतत्वहरु आफुले क्रेडिट लिन लागिपर्ने यस्तो गर्नाले समस्या हुने गरेको हो । यस्ता कारणले गर्दा जतिराम्रोसंग काम गरेपनि अब्जेक्सनहरु आइरहन्छन् ।

राम्रो गर्दा पनि आउने अब्जेक्सनले चाँही नमिठो आभाष गराउँछ,कहिले काँही दिक्क बनाउँछ, तर हामीले हारेका छौनौं, गाउँ कार्यपालिकाभित्र हाम्रो टिमवर्क नै छ ।

गाउँपालिकाभित्र काम गर्दा चित्त बुझेको, आहा भन्न लायक के के काम भए स्थानीय सरकार आएपछि ?

यस्ता कामहरु धेरै भएका छन् । समस्या र चुनौतिका बीचपनि हामीले धेरै राम्राकामहरु गर्न सफल भएका छौ । जस्तै पछिल्लो उदाहरण हामीले सिड्डो गाउँपालिकालाई प्रविधिमा जोड्ने कोशिस सुरु गरेका छौ ।

प्रयासको सुरुवात हामीले मावि स्कुलबाट गरेका छौ । मावि स्कुलअन्तरगत पनि हामीले कक्षा ८,९ र १० लाई फोकस गरेका छौ पहिलो चरणमा । यस अन्तरगत हामीले विद्यालयको पढाई सुधार गर्नको लागि कक्षामा सिसि क्यामरा फिट ग¥यौ । यो काम गर्दा पनि प्रशासकिय अधिकृत धेरै आक्रामक भयो, जागिरबाट निकाल्ने भयो भनेर धेरै व्यक्तिहरु आत्तिनु भयो ।

विस्तारै सबैलाई यो कार्यक्रमको लक्ष्य, उद्देश्य तथा प्रभावकारीताबारे बुझाए । अहिले गाउँपालिकाको ८ मध्ये ५ वटा माविमा हामीले सिसि क्यामरा फिट गरिसकेका छौ ।

क्यामरा फिट भएपछि विद्यालयको पठन पाठनमा सुधार आएको छ । शिक्षकहरु समयमा कक्षा प्रवेश गर्ने, आफ्नो घण्टीभरी पढाउने गर्न थालका छन् । विद्यार्थीहरु पनि उत्साही रहेको पाएका छौ ।

हामीले गाउँपालिकाको कार्यालयमा नै बसेर कुन विद्यालयको कुन कक्षामा कुन शिक्षक अनुपस्थित भयो भन्ने जानकारी यही बसेर निगरानी गर्दछौ, र तत्काल हामीले शिक्षक अनुपस्थिति हुनुको कारणबारे प्रष्टिकरण लिनेगरेका छौ ।

सुधारको नतिजा नै खोज्ने बेला त भएको छैन, तर सकरात्मक पाएका छौ । ८ मध्ये ५ स्कुलमा कार्यक्रम सुरु भैसकेको छ । बाँकी ३ वटा स्कुलमा इन्टरनेटको पहँच पु¥याउन कठिन भैरहेको छ ।

हामी ति स्कुलहरुमा पनि कार्यक्रम लैजान प्रयासगरि नै रहेका छौ । प्रभावकारी निकै छ । मैले मेरो मोवाईल, आइटी इन्जिनिर र अध्यक्षको मोवालमा पनि हेर्न मिल्ने गरि राखेका छौ । हामी ३ मध्ये कसै न कसैले विद्यालयको निगरानी गरिरहेकौ हुन्छन् । अब शिक्षा शाखा हेर्ने सर आउनु भएको छ, उहाँले पनि हेर्नुहुने छ ।

शिक्षमा मात्रै यो प्रविधि सुरु गर्नुभएको ?

हैन, यो योजना सबैजसोमा छ । सुरुवात स्कुलबाट गरेका हौ । विस्तारै स्वास्थ्य चौकी, वडा कार्यालयहरुमा पनि यो प्रविधि जोड्ने छौ । स्वास्थ्य चौकिको सेवा प्रभावकारी बनाउन पनि यो आवश्यक छ भन्ने लागेको छ ।

यसैगरी वडा कार्यालयहरुमा पनि यो आवश्यक छ । यसबाट हामीले कर्मचारी र व्यवस्थापन समितिलाई कार्यबोध अभिवृद्धि गराउन खोजेका छौ ।

हुन त सबै कार्यालयका सबै कर्मचारी दक्ष नै हुन्छन् तै पनि कम काम र बढि कामको रुपमा उनीहरुलाई सेट मिलाएर राखिदिँदा कार्यबोध हुने र काम गर्न पनि सहज हुने भएकोले सबै कर्मचारीहरुको लगत संकलन गरेर सकेका छौ ।

कृषिमा के छ योजना ?

कृषि क्षेत्रमा पनि हामीले आधुनिकरणको प्रयास गरेका छौ । विगतमा कृषिमा व्यक्ति– व्यक्तिमाथि लगानी हुने गरेको रहेछ । अहिले पनि यस्तो माग आउँछ, हामीले अब व्यक्ति है समूहलाई लगानी गर्ने योजना अगाडी सारेका छौ । कृषक समूह बनाउने, समूहलाई लगानी गरिदिने ।

यसो गर्न सकियो भने कम लगानीमा धेरै कृषकहरु लाभान्वत हुनुहुने छ, र उत्पादन पनि बढ्ने छ । छरपष्ट लगानीलाई एकिकृत गर्न खोजेका हौं । समूहगत रुपमा भएको व्यावसायको बजारिकरणमा पनि यो सहज छ । आम्दानी खर्च व्यक्ति–व्यक्तिकै हुन्छ तर लगानी समूहमा हुन्छ । पकेट पकेट हुन्छ । यि पशुपालन तथा फलफूल खेतिहरुमा पनि हामीले यसैगरी लगानी गर्ने छौ ।

हामीले पर्यटन विकासमा पनि पहल कदमी चालिरहेका छौ । पुराना पुरातात्विक संरचनाहरुको मर्मतसंभार संरक्षण तथा प्रवर्धनमा हामीले बजे छुट्याएर काम गरिरहेका छौ, यो कार्य आगामी वर्षपनि निरन्तर रहने छ ।

यसैगरी सडक ट्रयाक खोल्ने, भएका ट्रयाकलाई विस्तारिकरण गर्दै पक्कि बनाउने, धर्म संस्कृति तथा परम्परा जगेर्नाको लागि आवश्यक कार्यहरु गर्न जस्ता चौतर्फी आयोजनाहरु पनि छन् ।

स्थानीय स्तरमै सरकार भएको र आफूहरुले सहकार भएको अनुभुति गर्नेगरी काम गर्न लागि परेका छौ । विद्यामान केही बेथितिहरु विस्तारै विधिभित्र पस्ने छन् भन्ने अपेक्षा गरेका छौ ।

स्रोतः सही खबर साप्ताहिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*