रिसको आवेगमा श्रीमतीलाई कुट्दा मृत्यु

प्रहर संवाददाता
प्रहर संवाददाता
१३ असार २०७६, शुक्रबार १२:५२

बर्दिया– रिसको आवेगमा श्रीमतीलाई कुट्दा ज्यान गएको छ ।

मधुवन नगरपालिका बस्ने केशर बहादुर देशुवा मगरले श्रीमती दिलमाया देशुवा मगरलाई कुटपिट गरेपछि बेहोश भइन् ।

उनको उपचारका क्रममा मृत्यु भयो ।

जिल्ला अस्पताल बर्दियामा उपचार गर्दा बेहोश भएकी मगरको होस खुलेन । उनी मृत घोषित गरिइन् ।

घटनापछि बिहिबार साँझ पति केशरबहादुर मगरलाई तारातालबाट खटिएको प्रहरीको टोलीले पक्राऊ गरेको छ ।

उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*