महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ

प्रहर संवाददाता
प्रहर संवाददाता
१३ असार २०७६, शुक्रबार १६:४६

तनहुँ– ट्रकभित्र महिलालाई जबरजस्ती करणी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका वडा नं. ३ सुर्यचोक बस्ने ३२ बर्षका  सहचालक गोपाल भण्डारी र मोरङ उर्लाबारीकै ३१ बर्षका चालक विमल ढकाल रहेका छन् ।

उनीहरुले असार ११ नवलपरासीबाट दमौली आउँदै गरेको ना १ क ४३४९ नं. को ट्रकमा एक महिलालाई नवलपुरस्थित डण्डा भन्ने स्थानबाट लिफ्ट दिएका थिए ।

ट्रकमा लिफ्ट दिएकी महिलालाई दुवैले तनहुँ व्यास नगरपालिका वडा नं. १२ छिर्कने स्थित पृथ्वीराजमार्ग सडक किनारामा लगेर जबरजस्ती करणी गरेका थिए ।

घटनाबारे गण्डकी प्रदेश प्रहरी कार्यालयबाट सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी टोली ट्रक र संलग्न ब्यक्तिहरुको खोजीमा जुटेपछि उनीहरु पक्राउ परेका हुन् ।

तनहुँ ब्यास नगरपालिका वडा नं. ३ बनबाटिका चौर नजिकैबाट दुवैलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो  ।

पक्राउपछि तनहुँ जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*