गायक दुर्गेश थापाविरुद्ध उजुरी

प्रहर खबर
४ कार्तिक २०७६, सोमबार १८:०८

काठमाडौं – गायक तथा मोडलका रुपमा चिनिएका गायक दुर्गेश थापाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ। थापाले ल्याएको तिहारको गीतलाई लिएर उनीविरुद्ध उजुरी परेको हो।

उजुरी परेपछि यस विषयमा बुझ्न भन्दै महानगरीय प्रहरी अपराध महाशाखालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको थियो।

सोही विषयमा बुझ्न थापालाई बोलाइएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

उनले ल्याएको ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत विवादित बन्दै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*