अमेरिकामा जहाज दुर्घटना हुँदा नौजनाको मृत्यु, तीनजना घाइते

प्रहर खबर
१५ मंसिर २०७६, आईतवार १७:२०

वासिङ्टन – अमेरिकाको साउथ डाकोटास्थित जहाज दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् ।

मृत्यु हुनेमा बालबालिका पनि छन् । पिलाटस पिसी–१२ नामको जहाज उड्ने क्रममा दुर्घटनामा परेको हो । चम्बरलेन एयरपोर्टबाट २ किलोमिटर पर मात्रै दुर्घटना भएको अमेरिकी संघीय उड्डयन प्रशासनले जनाएको छ ।

सिङ्गल इन्जिनको उक्त जहाजमा पाइलट सहित जम्मा १२ जना सवार थिए । अमेरिकी मिडियाका अनुसार दुर्घटनामा बाँच्ने तीनजालाई उपचारका लागि सिआक्स फल्स अस्पताल लगिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*