कृषि ज्ञानकेन्द्र नहुँदा मकवानपुरका किसानलाई समस्या

प्रहर खबर
१५ मंसिर २०७६, आईतवार १७:४५

हेटौंडा – मुलुक संघीय संरचनामा गएपछि हेटौंडामा भएको जिल्ला कृषि कार्यालय कृषि ज्ञानकेन्द्रको रुपमा परिणत भएर चितवनमा गएपछि मकवानपुरका किसानलाई समस्या परेको बताइएको छ । नेपाल बीउ व्यवसायी संघ मकवानपुरको शनिबार हेटौंडामा भएको छैटौं साधारणसभाका सहभागीहरुले कृषि ज्ञानकेन्द्र हेटौंडामै हुनु जरुरी रहेको बताए ।

संघका अध्यक्ष हरिशरण अर्यालको अध्यक्षतामा भएको साधारणसभाका बक्ताहरुले बीउ उत्पादनमा नेपाल सरकार अनुदार भएका कारण गुणस्तरहीन बीउ भित्रिएको बताए । बिदेशी र गुणस्तरहिन बीउ निर्बाध रुपमा भित्रनुको पछाडि सरकारी नीति अनुदार रहेको बीउ व्यवसायी संघका केन्द्रीय सचिव बिश्वराज बानियाँले बताए । बिषादि व्यवसायी संघ मकवानपुरका अध्यक्ष बिजयकुमार कनोडियाले नेपाली बीउको उपभोग्य मिति एक बर्ष, भारतीय बीउको उपभोग्य मिति ९ महिना, थाईल्याण्डको बीउको उपभोग्य मिति २ बर्ष भनेर उल्लेख गरिने कारणले किसान समस्यामा पर्ने गरेको बताए ।

बीउ व्यवसायी संघ मकवानपुरका ुचिव रमेश अर्याल, कोषाध्यक्ष सुभाष मल्लले सचिव तथा कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका थिए । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्बअध्यक्ष राममणि दाहाल, भानुभक्त आचार्य, संघका उपाध्यक्ष माधब सुबेदी, व्यवसायी बच्चुराम ढुँगानालगायतले बीउ व्यवसायीले किसानको माग अनुसार उन्नतजातका बीउ उपलब्ध गराउनु पर्ने बताए ।

संघमा सुबेदीको नेतृत्व

साधारणसभाले माधब सुबेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष सुभाष मल्ल, सचिव रमेश अर्याल, कोषाध्यक्ष मदन न्यौपाने, सदस्यहरुमा कृष्णकाजी प्रधान, फेन्चु लामा, अनिता अधिकारी, बच्चुराम ढुँगाना, कृष्णप्रसाद खतिवडा चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*