बलवा नगरपालिका ८ मा समाजवादी पार्टी विजयी

प्रहर खबर
१५ मंसिर २०७६, आईतवार १८:०६

जलेश्वर – महोत्तरीको बलवा नगरपालिका–८ मा भएको वडाध्यक्षको उपनिर्वाचनमा समाजवादी पार्टी विजयी भएको छ ।

मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार बलवा नगरपालिका–८ मा समाजवादी पार्टीका रामबाबु महतोले ६५९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका निर्मल यादवले ३४६ मत ल्याएका छन् भने नेकपाका लक्ष्मेश्वर रायले १५८ मत ल्याएर तेस्रो स्थान हासिल गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*