हेटौंडामा दिउँसै सुनको सिक्री र ब्रासलेट लुटपाट

प्रहर खबर
१६ मंसिर २०७६, सोमबार १५:५७

हेटौंडा – दिउँसै सुनको सिक्री र ब्रासलेट लुटपाट गर्ने एक जनालाई मकवानपुर प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको भिमफेदी गाउँपालिका– ८ बस्ने १८ वर्षिय सुरज ओली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले दिउँसो साढे २ बजेको समयमा हेटौंडा उपमहानगरपालीका वडा नं.१० भुटनदेवी रोड बस्ने राहुल सुनारको बासुमार्ग स्थित रहेको केदारनाथ सुनचाँदी पसलबाट ३ तोला ११ लालको सुनको सिक्री र १ तोला ७ लालको सुनको ब्रासलेट गरी ४ तोला ११.७ लालको सुनका गरगहना लुटेर ना ४३ प ८२६४ नम्बरको मोटरसाइकलमा भाग्ने क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ओलीमाथि चोरी कसुरमा आवश्यक अनुसन्धान कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*