हेटौंडामा २५ केजी चरेससहित दुई भारतिय नागरिक पक्राउ

प्रहर खबर
१६ मंसिर २०७६, सोमबार १६:४२

हेटौंडा – अवैध लागु औषध चरेससहित दुई जना भारतिय नागरिकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैसे चोकबाट २५ केजी लागुऔषध चरेससहित भारत बिहार मोतिहारी सिसुवा ग्राम वडा नम्बर–२ बस्ने २५ वर्षिय राजेश यादव र सोहि स्थानका १८ वर्षिय ऋषि कुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीचौकी भैसेबाट प्रहरी निरिक्षक दिलिप कुमार सिंहको कमाण्डमा खटिएको टोलीले पालुङबाट हेटौडातर्फ आउँदै गरेको बा. २५ प ८७८३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलको सिट र ट्याङकी मुनी फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले उक्त चरेश बरामद गरेको हो ।

पक्राउ परेकाको साथबाट मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*