तेह्रौँ साग : नेपाललाई १५ स्वर्ण पदक, यि हुन स्वर्ण दिलाउने खेलाडीहरु

प्रहर खबर
१६ मंसिर २०७६, सोमबार १९:२८

काठमाडौँ – १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)  को दोस्रो दिन सोमबार आयोजक नेपालले एकै दिन १५ वटा स्वर्ण पदक हात पारेको छ। विभिन्न तीन खेलमा १५ स्वर्णपदक जितेको नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ ।

नेपालले सोमबार तेक्वान्दोमा सातवटा स्वर्ण हातपार्दा एक रजत र एक कास्य पदक जित्यो। यस्तै कराँतेमा नेपालले सातैवटा स्वर्ण हात पार्दा दुई रजत पदक हात पार्यो।

ट्राइथ्लन प्रतियोगितामा भने सोनी गुरुङले नेपालका लागि स्वर्ण जितिन्।

कराँते

एकल काताः मन्डेकाजी श्रेष्ठ

महिला टिम काँता : निर्मला तामाङ, संगिता मगर र सरु काकी

पुरुष टिम काँता : मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जन

पुरुष कुमुते ५५ केजीः लक्ष्मण तामाङ

पुरुष कुमुते ८४ केजीमाथिः विप्लवलाल श्रेष्ठ

महिला कुमुते ४५ केजीमाथिः कुशुम खड्का

कुमुते महिला ५० केजीमुनि: अनु अधिकारी

तेक्वान्दोः

पुरुष एकल पुम्से (२३-२९ वर्ष): कमल श्रेष्ठ

महिला एकल पुम्से (१७-२३ वर्ष): सिना मादेन लिम्बु

महिला पुम्से (२३–२९ वर्ष): पार्वती गुरुङ

महिला एकल पुम्से (२९ वर्षमाथि): आयशा शाक्य

पुम्से जोडीः आयशा शाक्य र सञ्जिव कुमार ओझा

महिला पुम्से टिम: निशा दर्नाल, स्वस्तिका तामाङ र संजिला तिमल्सिना (१७ देखि २३ वर्षसम्मको समूह)

महिला पुम्से टिम: निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई (२३ देखि २९ वर्षसम्मको समूह)

ट्रायथ्लनः

ट्राइथ्लन महिलाः सोनी गुरुङ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*