
छाउगोठमा एक युवतीको मृत्यु

अछाम – अछाममा एक युवतीको छाउपडी गोठमा मृत्यु भएको छ। जिल्लाको साफेबगर नगरपालिका–३ सिद्धेश्वर डिक्रेनिमा सोमबार २१ वर्षीया पार्वति बुढा रावतको छाउ गोठमा मृत्यु भएको प्रहरीले जनाएका छ ।
आइतबार साँझ खाना खाएर सुतेकी उनी सोमबार बिहान मृत भेटिएकी हुन्। बिहान साढे सात बजेसम्म नउठेपछि छाउगोठको ढोका फोरेर हेर्दा मृत भेटिएको जेठाजु छत्र रावतले जानकारी दिए। छाउगोठ घर भन्दा १०० मिटर टाढा रहेको छ। के कसरी मृत्यु भयो भन्ने विषयमा प्रहरिले अनुसन्धान गरिरहेको छ।
मृतकका श्रीमान करन रावत ६ देखि रोजगारीको सिलसिलामा भारतमा रहेको वडा अध्यक्ष कृष्ण बुढाले बताए। अछाममा हालसम्म १५ जना भन्दा बढी महिलाको छाउ गोठमा मृत्यु भइसकको छ।