बौद्धिक अपाङ्ग सम्मेलन हुँदै

प्रहर खबर
१६ मंसिर २०७६, सोमबार २२:५९

काठमाडौँ – एशियाली बौद्धिक अपाङ्ग महासङ्घको २४औँ सम्मेलन मङ्गलबारदेखि काठमाडौँमा शुरु हुँदैछ । सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नेछन् ।

सम्मेलनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष सचितानन्द श्रीवास्तवले सुस्त मनःस्थिति भएका व्यक्तिको विकासका लागि छलफल गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

उनले सुस्त मनःस्थितिको अवस्था जटिल भएका कारणले महासङ्घमा आवद्ध समाजसेवी, बुद्धिजीवी, शिक्षक, अभिभावक, स्वयम्सेवकलाई विश्वमा विकास भइरहेको नवीनतम् शिक्षण प्रणाली, प्रविधि, पुनःस्थापना र तालिका विधिहरु नेपालमा पनि भित्र््याउन तथा सदस्य राष्ट्रबीच एकापसमा सहयोग अभिवृद्धि गर्न सम्मेलन आयोजना गरिएको बताए ।

यही मङ्सिर २० गतेसम्म सञ्चालन हुने सम्मेलनमा ३५० जनाको सहभागिता हुनेछ । सम्मेलनमा १४ देशका प्रतिनिधिले आफ्नो देशमा सुस्त मनःस्थितिबारे भइरहेका जानकारीबारे प्रतिवेदन प्रस्तुत गर्ने उहाँले जानकारी दिए ।

सम्मेलनको अवसरमा पाँच विषयमा ३२ विषय विज्ञसमेतले कार्यपत्र प्रस्तुत हुनुको साथै दुई वटा महासङ्घका बैठकसमेत हुनेछ । बैठकले महासङ्घका नयाँ अध्यक्ष राष्ट्र फिलिपिन्सलाई नेपालले हस्तान्तरण गर्नेछ । नेपाल सन् २०१७ मा अध्यक्ष भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*