मकवानपुरमा अटो दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु, दुई घाइते

प्रहर खबर
१७ मंसिर २०७६, मंगलवार ०७:५७

हेटौंडा – धरान चतरा सडक खण्ड अन्तर्गत मकवानपुरको बाग्मती गाउँपालिमा–५ मा गएराती अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

भोर्लेनिबाट झुरझुरे आउँदै गरेको ना १ ह ६३१७ नम्बरको अटो दुर्घटना हुँदा अटो साही गाउँपालिका–४ बस्ने ४२ वर्षीया काउलिमाया रुम्बाको घटनास्थलमै मृत्यु भएका छन भने घाइते हुनेमा साही गाउँपालिका–५ का १८ वर्षीया श्रीमाया घिसिङ र १२ वर्षीया मसलिमाया घिसिङ रहेका ईलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरिक्षक बच्चुराम फुयालले जानकारी दिए ।

घाइतेहरुको अस्पतालमा उपचार भइरहेको र अटो चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*