मकवानपुरका तामाङ र ओझाले जिते सागमा स्वर्ण

प्रहर खबर
१७ मंसिर २०७६, मंगलवार ०९:३७

हेटौंडा – मकवानपुरका दुई खेलाडीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगीता (साग) मा स्वर्ण पदक जितेका छन । सोमबार भएको खेलमा संजिवओझाले तेक्वान्दो पुम्से जोडीमा र महशुश तामाङले करातेको पुरुष टिम कातामा स्वर्ण पदक जितेका हुन।

हेटौंडा उपमहानगरपालीका–४ का सञ्जिव ओझाले आयशा शाक्यसँगको जोडीमा २९ वर्षमाथिको पुम्सेमा स्वर्ण पदक जितेका हुन् । सञ्जिव र आयशाको जोडीले ८.१६० स्कोर गरेका थिए ।आयशाले यस अघि एकलतर्फ पनि स्वर्ण जितेकी थिइन् ।

त्यस्तै मकवानपुरको मनहरी गाउँपालीका निवासी महशुश तामाङले करातेको पुरुष टिम कातामा स्वर्ण दिलाएका छन् । कराँतेको टिम काँतामा महशुश तामाङसंगै मन्डेकाजी श्रेष्ठर प्रवीण महर्जनले स्वर्ण दिलाएका हुन् । नेपाली टोलीले फाइनलमा श्रीलंकालाई पराजित गरेको हो । नेपाली टोलीले फाइनलमा २५.५४ अंक प्राप्त गर्दा श्रीलंकाले २५.२८ अंकले पराजित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*