शुरु भयो हेटौंडाबाट लाइसेन्स बितरण कार्य

प्रहर खबर
२५ मंसिर २०७६, बुधबार १६:५६

हेटौंडा – मकवानपुरको हेटौंडाबाट प्रदेश नम्बर तीनका नागरिकहरुका लागि लक्षित गरी सवारी चालक अनुमति पत्र(लाइसेन्स)का लागि आवेदन फाराम खुलेको छ ।

यसका लागि नागरिकहरुले www.dotm.gov np. मा गएर अनलाइन फाराम भर्ने ब्यवस्था मिलाइएको छ । अनलाइनबाट फाराम भरेपछि प्राप्त भएको नम्बरका आधारमा यातयात ब्यवस्था कार्यालय प्रदेश नम्बर ३ मा लाइसेन्सका लागि नाम दर्ता गराउने ब्यवस्था आजैबाट मिलाइएको यातयात ब्यवस्था कार्यालय प्रदेश नम्बर ३का निमित्त प्रमुख पोषण थापाले जानकारी दिए । सवारी चालक अनुमपति पत्रका लागि आवश्यक पर्ने सबै प्रकृया अगाडि बढाइएको पनि उनले जानकारी दिए ।

छुट्टै लाइसेन्स बिभाग नै गठन गरेर आफूहरुले काम अगाडि बढाएको उनले बताए । यद्यपी लाइसेन्स लिनका लागि हेटौंडाबाट सेवाग्राहीहरुले फराब मार्फत पाच सय,मोटरसाइलको हकमा एक हजार पाँच सय र टायल सेन्टर र सवारी साधनका लागि गरी दुई हजारको हाराहारीमा खर्च गर्नु पर्ने अवस्था आउने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*