
दई सय १८ ग्राम ५० मिलिग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

नेपालगञ्ज– नेपालगञ्ज नाकाबाट अहिलेसम्मकै धेरै ब्राउनसुगर बरामद भएको छ। लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले दुई सय १८ ग्राम ५० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई छुट्टा छुट्टै स्थानबाट पक्राउ गरेको हो।
प्रहरीले १८.५० ग्राम ब्राउनसुगरसहित कैलाली टीकापुरका शिवराज पुरीलाई पक्राउ गरेको हाे। भे ९ प ६५२९ नम्बरको स्कुटीको अगाडिको टायरको कभरभित्र राखेर ब्राउनसुगर ल्याइरहेकाे अवस्थामा पुरी पक्राउ परेका हुन्।
यस्तै भारत बहराइच मोतिहारीका अब्दुल रसिद दुई सय ग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन्। अब्दुल रसिदले हेल्मेटको भित्री भागमा चार वटा प्याकेट बनाएर राखेका थिए।
लागु औषध नियन्त्रण ब्यूरोका प्रहरी सहायक निरीक्षक प्रेमबहादुर अधिकारीसहितको टोलीले दुवै जनालाई शंका लागेर जाँच गर्दा ब्राउनसुगर बरामद भएको जनाएको छ।