भाग्य चम्किएर एक करोड पाउने भन्दै किशोरी लैजान खोज्‍ने पक्राउ

प्रहर खबर
२७ माघ २०७६, सोमबार १५:२१

गोरखा – नारायणगढ पुग्ने बित्तिकै भाग्य चम्किने र एक करोड रुपैयाँ पाउने प्रलोभन देखाई १७ वर्षकी एक किशोरीलाई गोरखाबाट चितवन लैजान खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

सिरानचोक गाउँपालिका(७ गोहोरेका ७१ वर्षका भीमप्रसाद ढकाल र ३९ वर्षका रामबाबु दूतराजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुले गत शुक्रबार स्थानीय एक किशोरीको शरीर नापजाँच गरी भाग्यमानी भएको र नारायणगढ पुगेपछि भाग्यको फल पाइने भन्दै ललाईफकाई लैजान लागेका प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए। गाडी चढ्ने बेला किशोरीले आफू बेचिन लागेको शंका लागी आफन्तलाई खबर गरेको र आफन्तको उजुरीपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको डिएसपी खतिवडाले बताए।

किशोरीको आमाको उजुरी अनुसार ढकाल र दूतराजलाई मानव ओसारपसार तथा बेचबिखन ऐनसम्बन्धी कसुरमा मुद्धा दर्ता गरी अदालतबाट सात दिनको म्याद थप गरेको डिएसपी खतिवडाले जानकारी दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*