चितुवाको छाला र भालुको पित्तसहित दुई पक्राउ

प्रहर खबर
२९ माघ २०७६, बुधबार १३:२८

काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका ४, गुह्येश्वरीबाट चितुवाको छाला र भालुको पित्तसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोट बेलबुट नगरपालिका ११, मजुवाका २५ वर्षीय विकास तामाङ र नुवाकोट ककनी गाउँपालिका ४ का २१ वर्षीय सुवास लामा छन् ।
अवैध वन्यजन्तु चितुवाको छाला र भालुको पित्तको कारोबार हुँदै छ भन्ने सूचनाका आधार उनीहरूलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनीहरूको साथबाट चितुवाको छाला एक थान र भालुको पित्त एक थान बरामद भएको छ ।

उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*