गोरखामा पनि एक युवकमा कोरोना पोजेटिभ

प्रहर खबर
२ बैशाख २०७७, मंगलवार २३:१३

गोरखा – विदेशबाट फर्किएका गोरखाका एक युवाको र्‍यापिड डाइग्नोस्टिक टेष्टमा कोरोना पोजेटिभ देखिएको छ।

मंगलबार स्वास्थ्य कार्यालय गोरखा र आरुघाट गाउँपालिकाको स्वास्थ्य इकाइले आरडिटी प्रविधिमार्फत एण्टिबडी जाँच गर्दा आरुघाट गाउँपालिका ५ का एकजनाको पोजेटिभ देखिएको गाउँपालिकाले जनाएको छ । ती युवा बहराइनबाट गत चैत १ गते नेपाल आएका थिए।

आरुघाट गाउँपालिकामा विदेशबाट आएका ३९ जनामध्य २० जनाको आरडिटी प्रविधिमार्फत एण्टिबडी जाँच गरिएको थियो । ‘स्वास्थ्यकर्मीले एकजनाको रिपोर्ट पोजेटिभ देखिएको छ भन्नुभएको थियो’, गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले भने, ‘उनको स्वाब परीक्षण गर्न पठाइएको छ । अब दुई दिनपछि रिपोर्ट आएपछि मात्र कोरोना भाइरस पोजेटिभ भए नभएको निश्चित हुनेछ ।’ उनी गत फागुन २२ गते बहराइनबाट नेपाल आएका अध्यक्ष दाहालले जानकारी दिए ।

त्यस्तै आरुघाट गाउँपालिकाकै अर्का एक युवाको पनि रिपोर्ट शंकास्पद देखिएको अध्यक्षले बताए । उनको पनि स्वाब पठाइएको उनले बताए । दुवै युवालाई आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा राखिएको छ भने परिबारलाई होमक्वारेण्टाइनमा राखिएको अध्यक्ष दाहालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*