कोरोना कहर : हेटौंडा औधोगिक क्षेत्रका उधोगीहरुको बिल्लीबाठ

प्रहर खबर
७ बैशाख २०७७, आईतवार १८:५५

हेटौंडा – बिश्वब्यापी रुपमा फैलिएको कोरोना(कोभिढ १९)का कारण कुन क्षेत्र अछुतो होला र रुबिश्पका मै हुँ भन्ने शहरहरु समेत अहिले त्राहीत्राही भएको बेलामा नेपालमा समेत यसको प्रत्यक्ष असर देखिएको छ । नेपालको हरेक क्षेत्र जसरी औधोगक क्षेत्रमा पनि कोरोना र त्यसपछि उत्पन्न भएको लकडाउनको प्रभाव परेको छ ।

मकवानपुरको हेटौंडामा रहेको औधोगिक क्षेत्रका उधोगीहरुको अवस्था अहिले धरासायी भएको छ भने उधोगीहरुको बिल्लीबास हुने अवस्था सृजना भएको छ । लकडाउन शुरु भएसँगै औधोगिक क्षेत्रमा रहेका लगभग सबै उधोगहरु बन्द छन् । केही अत्यावकि उधोगहरुहरु मात्रै आँशिक रुपमा संचालनमा रहेका छन् । आंशिक रुपमा रहेका उधोगहरुे पनि भने जसरी काम गर्न नपाएको उधोगीहरुले बताएका छन् । मकवानपुर उधोग संघका नितर्बमान अध्यक्ष नवराज अर्यालले औधोगिक क्षेत्रका उधोगहरुको अवस्था दयनीय रहेको बताउनुभयो ।

उहाँले उधोगीहरु दोहोरो चपेटमा परेको पनि बताउनुभएको छ । एक त मजदुरहरुलाई पाल्नपर्ने अवस्था छ भने अर्को बैंकहरुबाट लिइएको ऋण भुक्तानीका लागि उधोगीहरुलाई दबाब पर्दै आइरहेको उहाँले बताउनुभयो । सरकारले कम्तीमा असार मसान्तसम्मका लागि बैंकहरुको ब्याजको समयसीमा दिएको खण्डमा पनि राहत हुने अर्यालको तर्क छ ।अर्यालले मजदुरहरुलाई महिलाको पूरै तलब दिन सक्ने अवस्था नभएको र यही यो लकडाउन लामो समयसम्म रहे उधोगीहरुकै हालत खराब हुने र धेरै उधोगीहरु पलायन हुने अवस्था आउने बताउनुभयो । मजदुहरु पनि उलेख्य संख्यामा कटौती भइ धेरै बेरोजगार हुने अवस्था आउनेमा पनि अर्यालले सचेत गराउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*