पूर्वक्रिकेटर ग्रामी वाट्सनको निधन

प्रहर संवाददाता
प्रहर संवाददाता
१३ बैशाख २०७७, शनिबार १२:५५

काठमाडौं – अस्ट्रेलियाका पूर्व अलराउण्ड क्रिकेटर ग्रामी वाट्सनको निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगविरुद्ध लडिरहेका वाट्सनको ७५ वर्षको उमेरमा निधन भएको हो ।

मिडिल अर्डर ब्याट्सम्यान र मिडियम पेस बलर वाट्सनले सन् १९६७ देखि १९७२ सम्म अस्ट्रेलियाका लागि खेलेका थिए। उनले सन् १९७२ मा दुई एकदिवसीय खेल खेलेका थिए।

Victorian newcomer batsman Graeme Watson batting in the Adelaide Oval in 1964.

भिक्टोरियामा घरेलु क्रिकेट सुरु गरेका वाट्सनले १९६६–६७ मा दक्षिण अफ्रिका टुरका बेला डग वाल्टरको ठाउँमा राष्ट्रिय टिममा स्थान बनाएका थिए। उनले आफ्नो डेब्यू टेस्टमा नै पहिलो इनिङमा ५० रन बनाएका थिए। जितेको उक्त टेस्टपछि घाइते रहेका उनले अर्को टेस्ट भने गुमाएका थिए। खेल जीवनभर नै चोटका कारण उनले राम्ररी खेल्ने मौका पाएनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*