नेयमारकी आमा र २२ वर्षीय युवकबीचको सम्बन्ध टुट्यो

प्रहर खबर
१३ बैशाख २०७७, शनिबार १५:०३

ब्राजिली फूटबलर नेयमारकी ५२ वर्षीया आमा र २२ वर्षीय युवकबीचको प्रेम सम्बन्ध टुटेको छ । जुनियरकी आमा नाडाइन गोन्साल्भेसले आफ्ना छोराभन्दा ६ वर्ष कान्छा युवासँगको प्रेम सम्बन्ध २ साता नपुग्दै तोडेकी हुन् ।

केहि दिनअघि मात्र ५२ वर्षीय नदिना छोरा नेयमार भन्दा पनि ६ वर्ष कान्छो केटासँग ‘डेटिङ’ मा भएका कारण चर्चामा रहेकी थिइन् । जबकी नेयमार २८ वर्षका भए । उनले भिडियोगेम बनाउने टियागो रामोससँग डेटिङ गरिरहेको खबर आएको थियो । तर २ साता नपुग्दै गोन्साल्भेसले रामोससँग सम्बन्ध टुटाएकी छन् ।
रामोस समलिंगी भएको र उनले थुप्रै पुरुषहरूसँग डेटिङ गरेको उनले थाहा पाइन् ।

गोन्साल्भेसले आफ्नो इन्स्टाग्राम अकाउन्टमा फोटो पोस्ट गरेर रामोससँगको सम्बन्ध सार्वजनिक गरेकी थिइन् । रामोस नेयमारभन्दा ६ वर्ष कान्छा छन् । नडाइन गोन्साल्भेसले नेयामारका पिता वाग्नर रिबेरियोसँग सन् २०१६ मा सम्बन्धविच्छेद गरेकी थिइन् ।

उनले रामोससँग सम्बन्ध जोड्दा नेयमार र उनका पिताले स्वीकृति दिएका थिए । डेली मेलको एक खबर अनुसार, नेयमारका निजी शेफ माउरोसँग डेटिङ गरेपछि रामोस नाडाइन गोन्साल्भेससँग नजिकिएका थिए । अहिले सम्बन्ध टुटेपछि रामोस नाडाइनको घर छोडेर आफ्नै घरमा बस्न थालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*