सन्दीप खेल्ने ‘द हन्ड्रेड’ सर्‍यो

प्रहर खबर
१८ बैशाख २०७७, बिहीबार २०:१४

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध इङ्ग्ल्यान्डको ‘दी हन्ड्रेड’ क्रिकेट प्रतियोगिता एक वर्ष पछि धकेलिएको छ ।

सन् २०२० मा हुने भनिएको सय बलको प्रतियोगिता नोबेल कोरोना भाइरसका कारण २०२१ सम्मका लागि स्थगित भएको हो ।

कोरोना भाइरसको जोखिम भइरहँदा यस सिजनको प्रतियोगिता हुनेरनहुने भन्ने दुविधाकै बीच ‘दि हन्ड्रेड’को आयोजकले प्रतियोगिता १ वर्ष पछि सारिएको जानकारी दिएको छ ।

क्रिकेटरहरुले कोरोनाको जोखिम नसकिएसम्मका लागि प्रतियोगिता सार्नु पर्ने सुझाव दिँदै आएका थिए । नेपाली लेग स्पीनर सन्दीप दि हन्ड्रेडमा ओभल इन्भिन्सिबल्समा आवद्ध छन्।

सन्दीपले राखेको १ लाख पाउन्ड (१ करोड ५२ लाख ५ हजार रुपैयाँ) मा ओभलले आबद्ध गरेको थियो। विदेशी फ्रेन्चाइज क्रिकेट लिगमा सन्दीप आबद्ध भएको यो अहिलेसम्मकै महँगो मूल्य हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*