राजश्व बुझाउने अवधि जेठ २५ सम्म थप

प्रहर खबर
१८ बैशाख २०७७, बिहीबार २०:३६

काठमाडौ – सरकारलाई बुझाउनुपर्ने विभिन्न शिर्षकका राजश्व तिर्ने अवधि जेठ २५ सम्मका लागि बढाइएको छ। वैशाख १४ गते बसेको मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रालयलाई राजश्व बुझाउनुपर्ने अवधि बढाउन सिफारिस गर्ने निर्णय गरेको हो।

जसअनुसार गत फागुन र चैत महिनाको मासिक मूल्य अभिवृद्धि कर, माघ–फागुनको द्वैमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर दाखिल गर्ने म्याद जेठ २५ सम्म थप गरिनेछ।

फागुन र चैत महिनाको अन्तःशुल्क दाखिल गर्ने म्याद पनि जेठ २५ सम्म थपिने निर्णय भएको छ।

आयकर ऐनबमोजिम फागुन र चैत महिनामा बुझाउनुपर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद आगामी जेठ २५ सम्म तोकिएको छ।

प्रतियोगिता सन् २०२० को १७ जुलाईदेखि १६ अगस्टसम्म आयोजना गर्ने प्रस्ताव गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*