नेकपा सचिवालय बैठक साढे ५ बजे बस्ने

रासस
२० बैशाख २०७७, शनिबार १६:४२

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार साँझ साढे ५ बजे बस्ने भएको छ ।

नेकपाका प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बैठकमा पार्टीका आन्तरिक विषयमा छलफल हुने जानकारी दिए ।

यसअघि सचिवालय बैठक गत बुधबार बसेको थियो । सो बैठकले आज पुनः सचिवालय बैठक तय गर्ने निर्णय गरेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*