प्रधानमन्त्री ओलीद्धारा आत्मआलोचना, गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय

प्रहर खबर
२० बैशाख २०७७, शनिबार २०:५८

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालयको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेका गल्तीहरुप्रति आत्मआलोचना गरेका छन्।

शनिबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गल्तीहरुप्रति आत्मआलोचना गरेको प्रवत्ता नारायणकाजी श्रेष्ठले बताए ।

त्यसैगरी चिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ । उपयुक्त समयमा उमेदवार बनाएर प्रतिनिधिसभामा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*