लकडाउनमा मकवानपुरगढी दरबार बन्यो बिरानो(हेर्नुस् तस्बिरहरु)

प्रहर संवाददाता
प्रहर संवाददाता
२१ बैशाख २०७७, आईतवार १६:०४

हेटौंडा – मकवानपुरको एैतिहाँसिक मकवानपुरगढी दरवार देशको पर्यटकीय स्थल मध्येको एक हो । छ साता लामो लकडाउनका कारण अहिले अहिले यो स्थान सुनसान रहेको छ ।स्थानीय सरकार स्थापना भएसंगै मकवापुरगढीको विकास भएको देखिन्छ । लकडानउनको शुरुवाति चरणमा रोकिएको गढी दरवार परिसरको बिकास निमार्णको कामलाई मकवानपुरगढी गाउँपालिकाले तीब्रता दिएको छ ।

मकवानपुरगढीको विकासको लागि पुरातात्विक बिभागसंग समन्वय गरे तत्काल दरवारलाई थप आर्कषक बनाउनका लागि लकडाउनको समयमा पनि काम भईरहेको गाउँपालिका अध्यक्ष बिदुर हुँमागाईले जानकारी दिनुभयो । गढीको बिकासको लागि निमार्ण सामाग्रीको अभाव हुन नदिन सहजिकरण गरिरहेको अध्क्षय हुँमागाईले बताउनुभयो ।

केहि दिन यता पर्यटकलाई आर्कषणको केन्द्रबिन्दु बनाउन मकवापुरगढी दरवार परिसरमा सूचना गोलघर निर्माण तथा इन्टरलक ब्लक बिछ्याउने काम भईरहेको छ । तर, लकडाउनका समयमा बिकास निमार्णको सामाग्री नपाईएको ठेकेदारहरुको गुनासो छ ।

नेपालमा भएका गढीमध्ये सबैभन्दा ठूलो गढी मकवानपुरगढी हो । मकवानपुरका राजा लुहाङ सेनले आफ्नो राज्यलाई सुरक्षित गराउन वि.सं. १६२२ मा मकवानपुरगढी निर्माण गरेको इतिहासमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*