प्रधानमन्त्री बाउठिएपछि नेकपाको स्थायी कमिटी बैठक स्थगित

प्रहर खबर
२४ बैशाख २०७७, बुधबार १९:४३

हेटौंडा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

शनिबार बसेको सचिवालय बैठकले २५ गते स्थायी कमिटीको बैठक बोलाइएको थियो । तर बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकको प्रस्ताव तयार पार्न नभ्याएको बताएका थिए ।

‘सचिवालयले हामीलाई प्रस्ताव तयार पार्ने जिम्मा दिएको थियो । हामीले भ्याएनौं’ महासचिव विष्णु पौडेलले भने, ‘भोलिको बैठक स्थगित भएको छ । अर्को बैठकको मिति पछि तय हुन्छ ।’ यसअघि बुधबार बसिरहेको सचिवायले बैठककोबीचमा नै प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई केही असजिलो भयो भनेर बीचमा नै उठेका गएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*