बुन्डेसलिगा आगामी साताबाट सुरु हुने पक्का

प्रहर खबर
२६ बैशाख २०७७, शुक्रबार ०९:३८

एजन्सी – कोरोना भाइरसको महामारीका कारण अनिश्चित बनेको विश्व फुटबल अब भने लयमा फर्कने भएको छ । युरोपको शीर्ष डिभिजनको फुटबल प्रतियोगिता जर्मन बुन्डेश लिगा मे १६ बाट सुरु हुने पक्का भएको हो । दर्शकको उपस्थिति बिना लिगका बाँकी खेलहरु हुने भएका हुन् ।

कोरोना भाइरसको महामारीका कारण विश्वका अधिकांश खेल गतिविधि रोकिएका छन् । बुण्डेस लिगा पुनः सुरु हुने युरोपको पहिलो प्रमुख लिग बन्ने भएको छ ।

मे १६ मा हुने खेलहरु मध्ये शाल्के र बोरुसिया डर्टमुण्डबिचको डर्बी पनि हो । चार अंकको अग्रतासहित लिगको शीर्ष स्थानमा रहेको बार्यन म्युनिखले मे १ठ मा युनियन बर्लिनसँग खेल्ने छ ।

लिगमा अधिकांश टिमले ९ खेल खेल्न बाँकी छ । लिगको यो सिजनका अन्तिम खेलहरु जुन २७ र २८ मा हुने छन् । सम्पूर्ण स्वास्थ्य सावधानीका साथ खेलहरु सुरु गरिने जर्मन फुटबल एसोसिएशनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*