स्पेनिस ला लिगा जुन २० बाट हुने

प्रहर खबर
२६ बैशाख २०७७, शुक्रबार १०:१९

एजेन्सी – कोरोना भाइरस (कोभिड १९)का कारण रोकिएको स्पेनिस फुटबल लिग ला लिगा मे २० बाट सुरु हुने भएको छ। ला लिगाका बाँकी खेलहरु जुन २० मा सुरु गरिएर जुलाई २६ मा सक्ने तयारी गरिएको हो ।

ला लिगाले आधिकारीक रुपमा सार्वजनिक नगरे पनि लेगानेसका प्रशिक्षक जाभियर अग्युरीले आफूलाई अधिकारीहरुले दिएको मिति खुलासा गरेका हुन्। उनले ला लिगाका खेलहरु शनिबार र आइतबार तथा बुधबार र बिहीबार गर्ने तयारी गरिएको छ।

स्पेनिस क्लबहरु यो हप्तादेखि प्रशिक्षणका लागि फर्किएका छन् । प्रशिक्षणका लागि मैदानमा उत्रनुअघि सबै खेलाडीको कोभिड–१९ परीक्षण गरिनेछ । खेलाडीहरुले सुरुमा एक्ला एक्लै प्रशिक्षण गर्नेछन् । सामुहिकरुपमा उनीहरुले केही समयपछि मात्र प्रशिक्षण सुरु गर्न पाउनेछन् ।

त्यस्तै जर्मन बुन्डेसलिगा १६ मे बाट सुरु गर्ने जर्मन फुटबल लिगले निर्णय गरेको छ। जुन दिन साल्के र बोरुसिया डर्टमुन्डबीच खेल हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*