कोरोनालाई जित्दै ‘भद्रगोल’ का हाँस्य कलाकार ‘बेलासे’

प्रहर खबर
२७ बैशाख २०७७, शनिबार १६:४५

काठमाडौं –  नेपाली हाँस्य टेली श्रृखला ‘भद्रगोल’ का निर्माता तथा कलाकार सुवास कार्की ‘वेलासे’ अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज भएपनि पूर्णरुपमा ठिक हुन अझै ६ हप्ता लाग्ने भएकाले उनी अस्पतालकै निगरानीमा रहनेछन् ।

कार्कीलाई करिव २ हप्ताअघि कोरोना पोजेटिभ देखिएको थियो । संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीको निगरानीमा लण्डनस्थित निवासमै सेल्फ आइसोलेसनमा बस्दै आएका थिए ।‘वेलासे’ हाँस्य टेलिसिरियल भद्रगोलमा एक समय निकै रुचाइएका पात्र हुन् ।

कार्कीले आफ्नो स्वास्थ्यलाभको कामना गर्नु हुने आफन्त, साथीभाई र शुभेच्छुक सबै प्रति आभार व्यक्त गरेका छन् । ‘सबैको मायाले म ठिक हुने क्रममा छु । अस्पतालले केही समस्या परेमा तुरुन्तै आउनु भनेको छ । आजदेखि धेरै सुधार भएको छ ।’ उनले भने ।

करीब दुई बर्षदेखि  बेलायतको राजधानी लण्डनमा बस्दै आएका उनी अहिले कोरोना भाइरससँग लडिरहेका छन् । श्रीमती वीना, एक छोरा र एक छोरीका साथ लण्डनमा बस्दै आएका उनी लण्डनको एक कम्पनीमा सुरक्षासम्बन्धी काम गर्दै आएका छन् । पछिल्लो समय लण्डनमा बस्दै आएका धेरै नेपाली कोरोना संक्रमित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*