घर फर्किने क्रममा दुई ट्रक एकआपसमा ठोक्किँदा २४ जनाको ज्यान गयो

प्रहर खबर
३ जेष्ठ २०७७, शनिबार ०९:२७

काठमाडौं – घर फर्किन लागेका २४ जना श्रमिकको सडक दुर्घटनामा परी मृत्यु भएको छ । भारत उत्तरप्रदेशको औरैयामा श्रमिक बोकेको ट्रक अर्को ट्रकसँग एक आपसका ठोक्किँदा २४ जना प्रबासी श्रमिकको मृत्यु भएको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार शनिबार बिहान भएको दुर्घटनामा कम्तिमा १५ जना गम्भिर घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल पुर्याइृएको छ । कोरोनाभाइरस सङ्क्रमणका बीच दैनिक हजारौं श्रमिक भारतको मुख्य शहरबाट घर फर्किन लागेका छन् ।

यसअघि पनि घर फर्किन लागेका श्रमिकको भारतको बिहार, उत्तरप्रदेश र मध्यप्रदेशमा सडक दुर्घटनामा परेर मृत्यु भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*