कतारमा एकैदिनमा १५ सय भन्दा बढी कोरोना संक्रमित थपिए

अनिल पराजुली
३ जेष्ठ २०७७, शनिबार १९:१३

कतार – कतारमा आज १५ सय ४७ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् ।

कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ३१ जनाको जाँच गर्दा १५ सय ४७ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै कतारमा संक्रमितको संख्या ३० हजार ९ सय ७२ पुगेको छ ।

कतारमा कोरोना संक्रमणका कारण आज ७४ बर्षीय नागरिकको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणका कारण कतारमा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण कतारमा संक्रमितको संख्या प्रत्येक दिन थपिदै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म तीनहजार ७ सय ८८ जना निको भएर घर फर्किएका छन् । आज मात्रै २ सय ४२ जना संक्रमित निको भएर फर्केका हुन् ।

२७ हजार १ सय ६९ जना कोरोना संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार भईरहेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा अहिले सम्म १ लाख ५२ हजार ७ सय ४ जनाको कोरोना जाँच भएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ । कतारमा कोरोना संक्रमित मध्ये १ सय ५८ जनाको आइसियूमा राखेर उपचार भईरहेको छ भने १ हजार ३ सय ८ जना अस्पतालमा रहेको टाइम्सले उल्लेख गरेको छ ।

कोरोना संक्रमितको संख्या थपिदै जाँदा पोजेटिभ देखिएकाहरुलाई समेत अस्पताल लगिएको छैन । उनीहरु कोठामै बस्न बाध्य भएका छन् । संक्रमित मध्ये धेरैजसो आप्रवासी नागरिकहरु छन् । कतार सरकारले कुन देशका संक्रमित नागरिक कति रहेको छ भन्ने तथ्याङक भने सार्वजनिक गरेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*