हेटौंडामा उज्यालो हुन नपाउँदै तरकारी किन्नेको भीड, हेर्नुहोस् तस्बीर

प्रहर संवाददाता
प्रहर संवाददाता
४ जेष्ठ २०७७, आईतवार ०९:५१

हेटौंडा – सरकारले गरेको लकडाउनको अवज्ञा गर्दै हेटौंडामा पसल खोलेर बस्तु बिक्री गरेको पाइएको छ । कान्तिलोकपथ सडकखण्ड अन्तरग हेटौंडा उपमहानगरपालिका वडा नं. ४ स्थित ओमभवन अगाडी रहेको एक तरकारी पसलमा खोलेर बिक्री गरेको पाइएको हो ।

उज्यालो हुन नपाउँदै हेटौंडामा तरकारी बिक्री गर्दै

आज बिहान ४ बजे पसल खोलेर मानिसहरुको ठुलो भिड गर्दै तरकारी बिक्री गरेको हो । खाद्यान्य तथा तरकारी जन्य बस्तुको हकमा जिल्ला प्रशासन मकवानपुरले बिहान ६ बजेदेखी ९ बजेसम्म खोल्न पाउने भएको पनि पसल एका बिहानै चारै बजे सटर खोलेर भिड गर्दै तरकारी खरिद बिक्री गरेको पाइएको हो । उक्त पसल हिजो शनिबार राती ९ बजे सटर खोलेर बिक्री गरेको थियो । राती ९ बजेको समयमा सटर खुल्लेआम खोलेर बिक्री प्रहरीले थाहापाएपछि पसल बन्द गर्न लगाएको थियो।

प्रशासनको नियमलाई अवज्ञा गर्दै आइतबार बिहानै चार बजे पसल खोलेर भिड गर्दै खुल्लेआम बिक्री गरेको हो । यसअघि प्रहरी मात्र भई प्रजिअ दिपकराज नेपालले समेत अनुगमन गर्दै भिड नगरिकन बस्तु बिक्री गर्न निर्देशन दिएका थिए । हेटौंडाका केही स्थानमा पसलको आधा सटर खोलेर बस्तु खरिद बिक्री गरेको देखिन्छ । प्रशासनले बिहानको समयमा मात्र नभई दिउँसो तथा बेलुकाको समयमा पनि अनुगमन गर्नुपर्ने देखिन्छ ।

प्रजिअ दिपकराज नेपाल सोही पसलमा भिड नगरी समाजिक दुरी कायम गरी बस्तु खरिद बिक्री गर्न निर्देशन दिदै गर्दा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*