स्वास्थ्यकर्मीले कोरोनाविरुद्ध गरेको कामलाई सम्मान गर्दा एक पाइलटको ज्यान गयो

प्रहर खबर
५ जेष्ठ २०७७, सोमबार १२:४६

काठमाडौं – क्यानडाका स्वास्थ्यकर्मीले कोरोना भाइरसविरुद्ध गरेको कामलाई सम्मान स्वरुप जेट कला प्रस्तुत गर्दा विमान दुर्घटना एक जनाको मृत्यु भएको छ ।

आइतबार जेटबाट विभिन्न रङ र फुल वर्षाउने कार्य एक जेट विमान दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनामा एक जना पाइलटको मृत्यु भएको जनाइएको छ।

६ देखि ७ वटा जेट विमान सो क्रममा उडाइएका थिए। सोही समयमा एक जेट विमान भने आगलागी भएर आवसीय भवनमा ठोक्किएको बीबीसीले जनाएको छ।

स्नो बर्ड्स जेट विमान दुर्घटनामा परेको हो। दुर्घटना हुन अगाडि नै एक जेट चालक विमानबाट निस्किएकाले उनको ज्यान जोगिएको थियो। तर अर्का पाइलटको भने ज्यान गयो। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*