अभिनेता अक्षय कुमारका भाइ तथा बलिउड कलाकार सचिनको निधन

प्रहर खबर
५ जेष्ठ २०७७, सोमबार १४:१९

एजेन्सी – भारतीय अभिनेता सचिन कुमारको निधन भएको छ । टिभी सिरियल ‘कहानी घर घर की’ बाट चर्चामा आएका सचिनको हृदयघातका कारण शुक्रबार ४२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मुम्बईको ओब्रोय स्प्रिङमा बस्दै आएका उनी पछिल्लो समय अभिनय छोडेर फोटोग्राफी तिर लागेका थिए ।उनको अचानक हृदयघातका कारण निधन भएको मिडियामा जनाइएको छ । उनी बलिउड अभिनेता अक्षयकुमारका अफन्त पनि हुन् । भारतीय टेलिश्रृङ्खला ‘कहानी घर घरकी’ मा उनले लगातार ८ वर्षसम्म अभिनय गरेका थिए ।

उनी आफ्नो आमा–बुवासँगै बस्दथे । सचिन नायक अक्षय कुमारका मामाको छोरा हुन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*