बागमती प्रदेशमा १७ कोरोना संक्रमित, घेराबन्दीमा मकवानपुर

प्रहर खबर
५ जेष्ठ २०७७, सोमबार १९:०३

हेटौंडा – बागमती प्रदेशमा मात्र हाल सम्म १७ जना कोरोना संक्रमित रहेकोे स्वास्थ्य तथा जनसख्या मंत्रालयको तथ्यांकले जनाएको छ । संक्रमित मध्ये एक जना सुत्केरी महिलाको मृत्यु भएको छ ।

देशैभरी कोरोना संक्रमित ३ सय ४ जना मध्यमा बागमती प्रदेशमा १७ जना कोरोना संक्रमित रहेको र संक्रमणकै कारण सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बागमती प्रदेशको ६ ओटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ । यसमध्ये सबैभन्दा प्रभावित जिल्ला काठमाडौं रहेको छ । काठमाडौंमा मात्रै सबै भन्दा बढी १० जना कोरोना संक्रमित रहेको छ भने चितवतमा ३ जना, भक्तपुरमा २ जना, काभ्रेपलान्चोकमा १ जना, सिन्धुपाल्चोकमा एक जना रहेको र एक जना सुत्केरी महिला कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाको उपचारपछि निको भएर ७ जना घर फर्किएका छन् ।

त्यस्तै बागमती प्रदेशको राजधानी हेटौंडा रहेको मकवानपुर जिल्लामा हालसम्म कोरोना भाईरस संक्रमित नभेटिएको हेटौंडा आइसोलेशनका इन्चार्ज भोला चौँलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार मकवानपुुरका दुईजना संक्रमित छन् तर उनहिरु मकवानपुरमा लामो समय आएका छैनन् । उनीहरुको वीरगन्ज र काठमाडौंको आसोलेशनमा उपचार भैरहेको चौँलागाईले जानकारी दिनुभयो ।तर, मकवानपुरमा हालसम्म कोरोना संक्रमित फेला नपरेपनि संक्रमण फैलिन सक्नेको उच्च जोखिममा रहेको छ ।

घेराबन्दीमा मकवानपुर

स्वास्थ्य मन्त्रालयको तथ्याङक अनुसार मकवानपुरको १० छिमेकी जिल्ला मध्ये आठ ओटा छिमेकी जिल्ला कोरोना संक्रमण रहेको कारण उच्च जोखिममा रहेको हो । आठ जिल्लामा १ सय ३५ जना संक्रमित रहेका छन् भने जसमध्ये ११ जना मात्रै निको भएका छन् । कोरोना भाइरसको संक्रमणबाट नेपालमा २ जनाको मृत्यु भएपनि मकवानपुरको छिमेकी जिल्लामा एक जनाको पनि मृत्यु भएको छैन । मकवानपुरका अहिले सम्म कोरोना संक्रमित नरहेपनि संक्रमण फैलिन सक्ने उच्च जोखिममा रहकोले बिशेष साबधानी अपनाउनु पर्ने चौँलागाईको भनाई रहेको छ ।

मकवानपुरमा कोरोना संक्रमण फैलिन सक्ने उच्च जोखिममा रहेकोले मकवानपुर प्रबेश गर्ने सबै नाकामा थप कडाइ गर्नु पर्ने देखिन्छ । भारत तथा अन्य जिल्लाबाट तरकारी जन्य बस्तु आयात भैरहेको जना गुनासो औइरहेको छ । बिषेश गरी तरकारी जन्य बस्तुमा बिशेष ध्यान दिनु पार्ने देखिन्छ । मकवानपुरसँग सीमा जोडिएको सिन्धुली र ललितपुरमा मात्र हालसम्म संक्रमित देखिएका छैनन् । चिकित्सकहरुले मकवानपुरमा लकडाउनको पूर्ण पालना नभए र उच्च सुरक्षा बिधि नअपनाए संक्रमण भयाभह हुन सक्ने भन्दै सचेत रहन चेतावनी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*