बर्दियामा ५५ जनाको स्वाब संकलन

प्रहर खबर
५ जेष्ठ २०७७, सोमबार २०:१२

राजापुर – बर्दियाको गुलरिया नगरपालिका—११ लालपुरका एक २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको सम्पर्कमा रहेका ५५ जनाको स्वाब संकलन गरिएको छ संक्रमितका परिवारका २२ र सम्पर्कमा रहेका ३३ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

गुलरियामा कसैलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । स्वाब संकलनको नतिजा बाहिर नआएसम्म गाउँका सबैलाई घरभित्र बस्न र अत्यावश्यक परे सुरक्षाकर्मीको अनुमतिमा मात्रै निस्कन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*