मकवानपुरमा भारतबाट आएका १४ सहित ४७ जनाकै पिसिआर रिर्पोट नेगेटिभ

प्रहर खबर
६ जेष्ठ २०७७, मंगलवार १८:१७

हेटौंडा – मकवानपुरको हेटौंडास्थित आइसोलेशनमा रहेका ४७ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । कोभिड–१९ को परीक्षणका लागि ‘स्वाब’ सङ्कलन गरिएका ४७ जनाकै रिर्पोट नेगेटिभ आएको हेटौंडा आइसोलेशनका इन्चार्ज भोला चौलागाईले जानकारी दिए ।

भारतबाट आएका १४ जना सहित सबै ४७ जनाको रिर्पोट नेगेटिभ आएको हो । कर्रामा रहेको आइसोलेसन वार्डका ४७ जना मध्ये मकवानपुरका ४४ जना, बाराको २ जना र रौतहटका १ जना थिए । हेटौंडामा गरिएको परिक्षणमा संकास्पद देखिएपछि पुन परिक्षणको लागि भरतपुर पठाईएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*