मकवानपुरका भनिएका संक्रमित ट्रक चालक भएको खुलासा

प्रहर खबर
६ जेष्ठ २०७७, मंगलवार २०:२७

हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मंत्रालयले मंगलबार सार्वजनिक गरे अनुसार कोरोना संक्रमण पुष्टि भएका ब्यक्ति मकवानपुरको उत्तरी भेटको भएको खुलासा भएको छ । स्वास्थ्यकर्मी श्रोतका अनुसार उनी काठमाण्डौँको बाफल क्षेत्रमा बस्दै आइरहेका थिए र उनको स्वाब धुलीखेलमा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको हो । उनी ट्रकका चालक भएको बताइएको छ । श्रोतका अनुसार उनी थहानगरपालिकाबाट गत बैशाख २५ गते काठमाण्डौँ गएका थिए । लकडाउनको समयमा उनी कुन कुन स्थानमा गएको भन्नेबारे उनको यात्रा हिष्टी लिने कार्य भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*