हेटौंडामा भारी बर्षा

प्रहर खबर
७ जेष्ठ २०७७, बुधबार १५:०८

हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा भारी बर्षा भैरहेको छ । मकवापुर जिल्लाको हेटौंडासहित विभिन्न स्थानमा भारी बर्षा भैरहेको छ ।

स्थानीय वायु को प्रभाव संगै अंपुन चक्रवातको अप्रत्यक्ष प्रभाव कारण भारी बर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशमा स्थानीय वायु को प्रभाव संगै अंपुन चक्रवातको अप्रत्यक्ष प्रभावले देशको मध्य र पुर्वी क्षेत्रहरुमा बदलि संगै मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध छ।

बर्षा नहुँदा गर्मी बढेसंगै हेटौंडा जनजिबन प्रभाबित बनेको थियो । बर्षा भएसंगै मौसममा परिवर्तन आई जनविबन सामान्य बनेको छ । हेटौंडामा दिउँसो पौने ३ बजे देखी परिरहेको पनि यो समाचार तयार पार्दासम्म पानी परिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*