सम्पादकीय

स्याबास सरकार !

प्रहर खबर
७ जेष्ठ २०७७, बुधबार २०:४२

मुलत :हाम्रा पुर्खाले आर्जेको मुलुकको भू–भागलाई हामीले चार दशकदेखि नक्साबाट समेत हटाएर बसेको देखिएपछि हाम्रा शासकले यसबीच गरेका देशभक्तिका बखान उपहास भएको थियो तर सरकारले बुधबार एक एतिहाँसिक काम गरेको छ । सीमा क्षेत्रमा रहेको लिम्पियाधुरा, कालापानी क्षेत्र भारतले आफ्नो भूगोलमा समावेश गरिसक्दा पनि हामी लामो निद्रामा सुतेका थियौं भन्ने अरोपको सरकारले चिरेको छ कम्तीमा सरकारले बुधबार नयाँ नक्सा सार्वजनिक गरेको छ । यो निकै महत्वपूर्ण कुरा हो ।

जे भएपनि सर्वपक्षीय दबाबका कारण सरकारले मुलुकको नक्सा सच्याएको छ । लिम्पियाधुरासहितको नयाँ नक्सा मन्त्रिपरिषद्बाट पारित गरेपछि मुलुक एकाएक तरंगित भएको छ । नेपालको नक्सालाई अद्यावधिक गर्ने सरकारको निर्णयलाई आम नेपालीले स्वागत गरेका छन् । यद्यपि जमिन आफ्नो भएको भन्दै नक्सा मात्र निकालेर हुँदैन । यस विषयमा भारतीय पक्षसँग पनि कूटनीतिक ढंगले बहस गर्ने वातावरण बनाउन सक्नुपर्दछ । भारतले जहिलेपनि नेपालीमाथि हेप्ने गरेको छ ,बुधबार नक्सा सार्वजनिक भएपछि सायद केही सबक अब उसले पनि सिकेको छ । अब सरकारले नक्सा सार्वजनिक गर्दैमा बकाम सकिएको भने छैन ।

नक्सामा भारतले आफूखुसी बाटो बनाएर चीनको स्वशासित क्षेत्र तिब्बतसम्म पु¥याएको छ । चीन र भारत दुवै देशको सहमतिमा बाटो निर्माण भएको भन्नु यस सन्दर्भमा अर्थहीन छ । दुई छिमेकीको सहमतिमा कुनै तेस्रो छिमेकीको जग्गा मिच्न पाइँदैन, त्यसो गरिएकोमा वैध हुने पनि होइन । तर, भारतसँगै नेपालले चीनसँग पनि कुरा राख्न सक्नुपर्दछ भन्ने पक्षलाई भने महत्व दिनु आवश्यक छ ।नेपालले आफ्ना कुरा यी दुई देश सामु राख्न आवश्यक छ र राख्नु पनि पर्दछ जे भएपनि सरकारको कदम सहनीय छ । यसका लागि स्याबास सरकार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*