कोरोनाबाट पहिलोपटक नवजात शिशुको मृत्यु

प्रहर खबर
८ जेष्ठ २०७७, बिहीबार १३:४२

काठमाडौं – कोरोना भाइरस (कोभिड – १९) को संक्रमणका कारण दक्षिण अफ्रिकामा पहिलोपटक एक नवजात शिशुको मृत्यु भएको छ। कोरोना संक्रमणबाट दक्षिण अफ्रिकामा पहिलोपटक एक नवजात शिशुको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

स्वास्थ्य मन्त्री ज्वेली मखिजका अनुसार दुई दिनको शिशु समय अगावै जन्मिएका थिए। जन्मनासाथ उनलाई फोक्सोको समस्याका कारण तत्कालै भेन्टिलेटरमा राखिएको थियो।

आमामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। पछि शिशुमा पनि कोरोना संक्रमण पुष्टि भयो। यो बाहेक समयपूर्व जन्मिएका कारण शिशुमा रहेको जटिलताहरुको मूल्याङ्कन गर्नु पनि महत्त्वपूर्ण छ,उनले भने।

त्यहाँको स्वास्थ्य मन्त्रालयले मृत्यु संख्या बढ्दै गएको र कोरोना संक्रमणबाट हालसम्म ३ सय ३९ जनाको मृत्यु भइसकेको जनाएको छ। दक्षिण अफ्रिका अफ्रिकामा सबैभन्दा बढी कोरोना संक्रमित भएको देश हो।

पछिल्लो २४ घण्टामा मात्र ८ सय ३ जना नयाँ संक्रमित फेला परेका छन्। यो सँगै दक्षिण अफ्रिकामा संक्रमित संख्या १८ हजार ३ पुगेको छ।

संक्रमितमध्ये ८ हजार ९ सय ५० जना निको भइसकेका छन् भने ८ हजार ७ सय १४ जना उपचाररत छन् ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*