नेपालमा फेरी २० जना कोरोना संक्रमित थपिए

प्रहर खबर
९ जेष्ठ २०७७, शुक्रबार १७:२६

काठमाडौँ – नेपालमा थप २० जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमित हुनेमा बाँकेका १४ जना, कैलाली जिल्लाका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना र मोरङका १ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

थप २० जनाम कोरोना संक्रमण देखिएसंगै नेपालमा संक्रमितको संख्या ५०७ पुगेको छ । शुक्रबार बिहान मात्रै ३० जना संक्रमित थपिएको थिए ।

कैलालीका संक्रमितहरुको उमेर १९, २३ र २६ छ । सबै पुरुष हुन् । उनीहरु सबै सरस्वती मावि क्‍वारेन्टाइन जानकी गाउँपालिकामा रहेका थिए । डडेलधुराका २८ वर्षीय संक्रमित परशुराम–१० डडेलधुराकै हुन् ।

त्यसैगरी बैतडीका २२ वर्षीय पुरुष शिवनाथ –१ बैतडीका हुन् । बाँकेका संक्रमितको उमेर १८ देखि ६१ रहेको छ । १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् । मोरङका संक्रमित रतुवामाई–२ मोरङका हुन् ।

त्यस्तै, बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएसंगै निको हुनेको संख्या ७० पुगेको छ । डिस्चार्ज हुनेमा महिला ९ जना र पुरुष १२ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*