घाँटी थिचेर हत्या गरेको अभियोगमा एक जना पक्राउ

प्रहर खबर
९ जेष्ठ २०७७, शुक्रबार १७:४६

हेटौंडा – छिमेकीको घाँटी थिचेर हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोन्मा गाउँपालिका वडा नंं ३ रघुनाथपुर बस्ने २७ वर्षीय जयनाथ यादव रहेका छन् ।

सोही गाउँपालिका– ७ सुन्दरपुर बस्ने ६७ वर्षीय दिपलाल यादवलाई जयनाथले सार्वजनिक पोखरीमा घाँटी थिचेर सोही पोखरीमा डुबाई मारेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई बिहीबार बिहान पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*