पूर्वराज्यमन्त्री तथा कांग्रेसका नेता थारुको निधन

प्रहर खबर
९ जेष्ठ २०७७, शुक्रबार १७:५६

तिलोत्तमा – पूर्वराज्यमन्त्री तथा कांग्रेसका नेता दुर्योधनसिंह थारुको शुक्रबार निधन भएको छ । विगत २० वर्षदेखि मधुमेहबाट पीडित थारुको बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा निधन भएको हो ।

२०२८ मा कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका थारु ०४८, ०५१ र ०५६ को आमनिर्वाचन गरी तीन पटक रुपन्देही क्षेत्र नं १ बाट सांसद र ०५२, ५३ र ५७ गरी तीनपटक मन्त्री भएका थिए ।

नेपालका विभिन्न प्रजातान्त्रिक आन्दोलनमा होमिएका थारुले भारतमा निर्वासित जीवन र स्वदेशमा जेल जीवन बिताएका थिए । उनको पार्थिव शरीरलाई घरमा राखिएको छ । शनिबार बिहान अन्तिम श्रद्धाञ्जली दिँदै ओमसतीया गाउँपालिकास्थित सिलौटीया घाटमा अन्त्येष्टि गरिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*