नेपालको ४० जिल्लामा फैलियो कोरोना, कुन जिल्लामा कति छन् संक्रमित (बिवरणसहित)

प्रहर खबर
९ जेष्ठ २०७७, शुक्रबार १८:५७

हेटौंडा – कोरोना भाइरस कोभिड–१९ को संक्रमण नेपालको ४० ओटा जिल्लामा फैलिएको छ । डडेलधुरा र बैतडीमा पहिलोपटक संक्रमण देखिएसंगै नेपालको ४० ओटा जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको हो । यसअघि ३८ ओटा जिल्लामा कोरोना संक्रमित थिए ।

यो समाचार तयार पार्दा सम्म शुक्रबार मात्रै ५० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको अनुसार नेपालमा हालसम्म ५ सय ७ जना कोरोना संक्रमित रहेका छन् । जसमा ७३ जना महिला र ४३३ जना पुरुष रहेका छन् । हालसम्म कोरोनाका कारण नेपालमा एक महिला र दुई पुरुष गरी तीन जनाको मृत्यु भएको छ ।

बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा ९ जना र पुरुष १२ जना गरी २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएसंगै निको हुनेको संख्या ७० पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा आरडीटी विधिबाट ८२ हजार १ सय १६ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ४२ हजार ५ सय १७ परीक्षणहरु गरिएका छन् ।

शुक्रबारको अपडेटमा क्वारेन्टाइनमा २७ हजार ८ सय २९ जना रहेका छन् । हालसम्म आइसोलेसनमा देशभरी ४३३ जना रहेका छन् ।

कुन जिल्लामा कति छन् कोरोना संक्रमितहरु

जिल्लाहरु
बाँके
संक्रमित
११५
मृतक
निको भएका
२१
पर्सा९१
कपिलवस्तु६९
झापा३५
उदयपुर३३२३
रुपन्देही२९
रौतहट२२
सर्लाही१९
काठमाडौं१२
धनुषा
धनकुटा
कैलाली
चितवन
दाङ
मोरङ
नवलपरासी (पश्चिम)
बारा
महोत्तरी
नवलपरासी (पूर्व)
सुनसरी
भक्तपुर
बाग्लुङ
बर्दिया
धादिङ
मकवानपुर
बैतडी
भोजपुर
डडेल्धुरा
दैलेख
गुल्मी
कञ्चनपुर
काभ्रेपलाञ्चोक
खोटाङ
लमजुङ
रामेछाप
सप्तरी
सिन्धुली
सिन्धुपाल्चोक
सिरहा
ललितपुर

Ministry of Health and Population-Nepal को फोटो।

नेपालमा युवाहरुमा बढी कोरोना संक्रमण देखीयो

नेपालमा कोरोना संक्रमित २१ देखी ३० बर्ष उमेर समुहका सबै भन्दा बढी १ सय ८४ जना रहेका छन् । ० देखी १० , ११ देखी २०, ३१ देखी ४०, ४१ देखी ५०, ५१ देखी ६०, ६१ देखी ७० , ७० देखी ८० का क्रमशः १७ जना, ९६ जना, १२३ जना, ५० जना, १९ जना, १३ जना, ४ जना र ८० भन्दामाथिका एक जना रहेका छन् । अन्य देशमा तुलनामा नेपालमा युवाहरुमा बढी कोरोना संक्रमण देखीएको पाईएको हो ।

कुन उमेर कती छन् कोरोना संक्रमित

उमेर समुह
० देखी १०
संक्रमित
१७
११ देखी २०९६
२१ देखी ३०१ सय ८४
३१ देखी ४०१सय२३
४१ देखी ५०५०
५१ देखी ६०१९
६१ देखी ७०१३
७० देखी ८०
८० भन्दामाथि
जम्मा५ सय ७
Ministry of Health and Population-Nepal को फोटो।
  • कुन प्रदेशमा कति छन् कोरोना संक्रमित
Ministry of Health and Population-Nepal को फोटो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*