हेटौंडाकी एक महिला सहित ९ जना कोरोना संक्रमित थपिए

प्रहर संवाददाता
प्रहर संवाददाता
९ जेष्ठ २०७७, शुक्रबार २०:४०

हेटौंडा – हेटौंडाकी एक महिला सहित ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बारामा ६ र सप्तरी, मकवानपुर, तथा भक्तपुरमा एक/एक जना गरी थप ९ जनामा संक्रमण पुष्टि गरेसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।

हेटौंडाकी भनिएकी ५४ वर्षीया महिला हेटौंडा उपमहानगरपालिका वडा नंं ३ को रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार राष्ट्रिय प्रयोगशाला काठमाडौंमा गरिएको स्वाब परिक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएको हो । उनी मकवानपुरका तेस्रो कोरोना संक्रमित हुन् । यसअघि थाहा नगरका सात बर्षिय बालक र एक ट्रक ड्राइभरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, शुक्रबार साझँ थपिएका भक्तपुरमा ४२ वर्षीया महिला र सप्तरीमा ३५ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसै गरीमा बारामा २२, २७, ३०, ३४, २८, र ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा ९ जना र पुरुष १२ जना गरी २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएसंगै निको हुनेको संख्या ७० पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*