लकडाउनमा जुवा खेलिरहेका ९ जना व्यापारी पक्राउ

प्रहर खबर
२० जेष्ठ २०७७, मंगलवार ०९:२५

काठमाडौं – काठमाडौं स्थित कमलादीको एक होटलबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जना व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नन्दकिशोर शर्मा, अशोक अग्रवाल, गोविन्दराम सरिया, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, रामचन्द्र संघाई, विमल अउजा, विमलकुमार खेतान र होटल सञ्चालक मिक्की जोगाई छन् ।

सोमबार साँझ प्रहरीले कमलादी स्थित गङगोर रिजेन्सी बुटिक होटलबाट उनीहरूलाई दुई लाख ७७ हजार सात सय २० रूपैँया सहित पक्राउ गरेको हो। प्रहरीले १०००, ५०० र १००का १७९ वटा चिप्स पनि बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

ज्ञवालीले उनीहरूको परिचय खुलाउन नचाहे पनि उनीहरू व्यापारी, बैंक सञ्चालकलगायत भएको बताइन्छ । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गर्न मंगलबार अदालतसँग म्याद थपको माग गर्ने जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.